Section 25A
लेखी पठाउनु पर्ने
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर बाहेकको अनुसूचीमा उल्लिखित सम्बद्ध कसूर वा प्रचलित कानून बमोजिमको अन्य कसूर सम्बन्धी सूचना वा उजूरी विभागमा प्राप्त भएमा वा परिच्छेद–२ बमोजिमको कसूरको अनुसन्धान गर्र्दै जाँदा अन्य कसूर भए गरेको देखिएमा विभागले सो सम्बन्धी सूचना, उजूरी तथा अनुसन्धानबाट प्राप्त निष्कर्ष र सङ्कलन गरिएका प्रमाण कागजात सहितको मिसिल आवश्यक कारबाहीको लागि प्रचलित कानून बमोजिमको अनुसन्धान गर्ने निकाय वा अधिकारीलाई लेखी पठाउनु पर्नेछ ।